जलवायु सचेतनाका लागि कांग्रेसले गर्‍यो ‘ग्रीन रन’

जलवायु सचेतनाका लागि कांग्रेसले गर्‍यो ‘ग्रीन रन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार बिहान कांग्रेसले ललितपुरमा ‘ग्रीन रन’आयोजना गरेको छ।

जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यूएन पार्कमा गरिएको ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगनकुमार थापासहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागी थिए।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ किलोमिटर लामो ‘ग्रीन रन’ कार्यक्रम गरेको हो। बीपी स्मृतिको अवसरमा कांग्रेसले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ।

Logo