इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिगको शीर्ष स्थानमा रहेको टोटेनहम हटस्परले जित हासिल गरेको छ।
टोटनहमले क्रिस्टल प्यालेसमाथि २-१ जित निकालेको हो। प्यालेसको मैदान सेलहर्स्ट पार्कमा टोटनहमका लागि सन ह्यूङ-मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो।
शीर्षस्थानमा १०औं चरणको खेल सुरु गरेको टोटनहमले ५३औं मिनेटमा खेलमा अग्रता लिएको थियो। जेम्स म्याडिसनको क्रस रोक्ने प्रय्समा क्रिस्टल प्यालेसका जोएल वार्डले बललाई आफ्नै पोस्टतर्फ फर्काएका थिए।
६६औं मिनेटमा टोटनहमले अग्रता दोब्बर बनायो। यस सिजनको लिगमा आठौं गोल गर्ने क्रममा सनले ब्रेनन जोन्सनको पासलाई जालिको दिशा देखाएका थिए।
खेल्नको अन्तिम तिर क्रिस्टल प्यालेसले एक गोल फर्काएको थियो। आन्द्रे आयुले थपिएको समयको चौथो मिनेटमा फर्काएको गोलपछि पनि प्यालेसले अवसरहरू सृजना गरेको थियो। तर अन्त्यमा प्यालेसले खेलबाट कुनै अंक हासिल गर्न सकेन।
जितपछि टोटनहमको १० खेल बाट २६ अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलमा २१ अंक छ। क्रिस्टल प्यालेस भने १२ अंक सहित ११औं स्थानमा छ।
प्रिमियर लिगमा शनिबार साँझ पाँच खेल हुँदैछन्।आईतबार बेलुका प्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एकअर्का सँग भिड्दैछन्।































प्रतिक्रिया