बडादसैँको अवसर पारेर कलाकारबीच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ ।
वरिष्ठ कलाकार मदन दास श्रेष्ठको आह्वानमा आज काठमाडौंमा कलाकारहरुको शुभकामना आदान तथा चियापानको कार्यक्रम आयोजना गरिएको हो ।
वरिष्ठ कलाकार श्रेष्ठले एक अर्काबीच सद्भाव बढोस् र भाईचारा विकास होस भन्ने मान्यताका साथ चियापान आयोजना गरिएको बताए । उनले भने, ‘आजको दिनमा यो कार्यक्रम किन राखिएको भन्दा दसैँ मनाएर सबैजना काठमाडौं फर्किने र यसपछि लगातार अन्य पर्वहरु पनि आउने हुनाले सबैजनालाई भेला गरेर एकआपसमा शुभकामना वितरण गरौं भन्ने हिसाबले यो कार्यक्रम राखेका छौँ । यस्तो कार्यक्रमहरु सबैले आफ्नो स्थानमा गर्दा एकआपसमा भाईचारा सद्भाव बढ्ने र एकताको वातावरणको सिर्जना हुन्छ ।’
काठमाडौं वडा नं. ३१ को वडा अध्यक्ष सरोज ढकालले चियापान कार्यक्रमले सम्बन्धलाई पुर्नताजगी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो आजको कार्यक्रम एकदम उत्साहजनक र सामाजिक कार्यक्रम हो । यो कार्यक्रमले सबैजनाबीच सम्बन्ध विकास गर्ने काम भएको छ ।’





























प्रतिक्रिया