दलहरुबीच चुनावबाहेक अरु विषयमा लड्ने कुरा छैन, सबैले भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ -रवि लामिछाने

दलहरुबीच चुनावबाहेक अरु विषयमा लड्ने कुरा छैन, सबैले भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ -रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय देशको गरिबी र भ्रष्टाचार भएको बताएका छन् । 

आज नेपाली काङ्ग्रेसको चियापान कार्यक्रममा सभापति लामिछानेले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको भन्दै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै भएको बताएका हुन् । 

उनले भने, ‘सबै राजनीतिक दलहरुले लड्नुपर्ने साझा विषय छ । देशको गरिबी हो, भ्रष्टाचार हो । चुनावका हिसाबले लड्नु पर्ने कुरा बेग्लै होला, हामी चुनाव बाहेक अरु विषयमा लड्ने कुरा छैन् । हामीले लड्नु पर्ने विषय नै साझा हो ।  राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो । अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन् ।’

सभापति लामिछानेले बीपी कोइरालासँग तुलना गर्ने सामर्थ्र्य नभएको भन्दै बीपी आदर्शहरुलाई आत्मसाथ मात्रै गर्न सक्ने बताए । ‘कहाँ बीपी कहाँ हामी ? हामीले कयौँ प्रयासहरु गनुपर्ने हुन्छ, त्यो बहुआयामिक व्यक्तित्व, राजनीतिक चेत, त्याग, तपस्या, विधान, आदर्श सबै कुरा हामीले पढ्न र सिक्न मात्रै सक्छौ ।’ उनले भने, ‘तुलना त धेरै परको कुरा हो मेरा लागि विशेष गरी, हाम्रो तुलना त हुन सक्दैँन् । तर म सिक्न चाही सक्छौ । विभिन्न कालखण्डमा उहाँले गर्नु भएको उच्च राजनीतिक चरित्र छ, त्यसकारण हामी सिक्न धेरै सक्छौ । तर तुलना गर्ने सामर्थ्र्य छैन् ।’

उनले रास्वपाको चुनौती नेपाली जनताले छोटो समयमा गरेको विश्वासलाई पुष्टि गर्ने, पार्टी निमार्ण गर्ने र दस्तावेज निमार्ण गर्ने भएको भन्दै जिम्मेवारी जुन राजनीति दलको काँघमा छ त्यो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo