चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच “पाँच आवश्यक” कुराको विकासमा जोड दिएका छन् । बिहीबारदेखि शुक्रबारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा उनले सो कुरामा जोड दिएका हुन् ।
सो अवसरमा चिनियाँ विदेश मन्त्री यीले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्ने; सञ्चारका ढोका खुला राख्नुपर्ने ; मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने;’ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले जोड दिए ।
चीनका राष्ट्रपति सीको भ्रमण पूर्वविदेश मन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तरराष्ट्रिय जगत्मा विशेष चासोका साथ हेरिएको छ । -सिन्ह्वा





























प्रतिक्रिया