असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद् हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेको भविष्य दुःखद् हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असन्तुष्टिमा आगो लगाएर रोटी सेक्न चाहनेको भविष्य दुखद् हुने टिप्पणी गरेका छन्।  

कुराकानीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई पुरानो पार्टी भनिएकोप्रति असन्तुष्टि जनाउँदै एमाले गौरवपूर्ण इतिहास, विचार र गति भएको पार्टी भएकाले असन्तुष्टिमा आगो सल्काएर स्वार्थको रोटी सेक्नेहरुको भविष्य राम्रो हुनै नसक्ने दाबी गरेका हुन्। 

उनले भने,‘कसरी यो पुरानो पार्टी हुन्छ? जो गतिमा जीवन छ। त्यो कसरी पुरानो हुन्छ ? जसको गौरवपूर्ण इतिहास पनि छैन। जसको भविष्यको मार्गचित्र पनि छैन। जसको अहिले संगठनात्मक संरचना पनि छैन। असन्तुष्टिमा आगो सल्काएर रोटी सेक्न चाहनेहरुको भविष्य कस्तो हुन्छ ?’

वरिष्ठ उपाध्यक्ष पोखरेलले दलीय प्रणालीमा नयाँ पार्टीहरु आउने कुरालाई स्वाभाविक प्रक्रिया भन्दै योग्यता र क्षमताको आधारमा प्रतिश्पर्धामा श्रेष्ठता हासिल गर्न आवश्यक भएको बताए। 

अर्को प्रसंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू जहाँ उभियो त्यही पार्टीको संस्थापन पक्ष भएको जिकिर गरे । नेकपा समाजवादी पार्टीका नेता एमाले फर्किने सम्भावनालाई सकारात्मक रुपमा लिँदै उनले कुबाटोमा हिँडेका नेता कार्यकर्ताहरु हरेक पार्टीमा फर्किनुपर्छ भने। 

Logo