कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० कट्यो, सङ्क्रमित ९० हजार

कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० कट्यो, सङ्क्रमित ९० हजार

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल;
दोहा कतार।

कतारमा कोरोनाका नयाँ सङ्क्रमितहरू सहित अस्पताल भर्ना हुनेहरू पनि दिन प्रतिदिन घटिरहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ l कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै मन्त्रालयले थप ४,२३१ जनालाई परीक्षण गर्दा १,१९९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९० हजार ७७८ पुगेको जनाएको छ l १ हजार ५८२ जना सहित कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ७३ हजार ०८३ पुगेको छ । ५ जना ५७, ५८, ७७, ८५ र ९३ वर्षीय नागरिक सहित भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ।

सङ्क्रमितहरू स्थानीय नागरिक सहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन्। कतारमा आजसम्म कुल ३ लाख ३३ हजार १७२ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार ०६८ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १०० जनालाई अस्पताल भर्ना गरिएको छ । थप ७ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २१९ पुगेको छ । कुल १७ हजार ५९१ जनाको उपचार चलिरहेको छ।

स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ l कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ l ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा ४ जना नेपालीको पनि कोरोनाको कारण ज्यान गएको छ।

Logo