सगरमाथा आधार शिविरबाट राष्ट्रसंघका महासचिवले भने- जलवायु परिवर्तनको गम्भीर असर देखेँ

सगरमाथा आधार शिविरबाट राष्ट्रसंघका महासचिवले भने- जलवायु परिवर्तनको गम्भीर असर देखेँ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय क्षेत्रमा जलवायु परिवर्तनको  गम्भीर असर देखेको बताएका छन् । 

आज सगरमाथा आधार शिविर पुगेका महासचिव गुटेरेसले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको दर्दनाक अवस्था देखेको बताएका हुन् । आधिकारीक ट्वीटर ह्याण्डलबाट उनले आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । 

महासचिव गुटेरेसले तापक्रम वृद्धि र हिउँ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् । उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् । 

Logo