कालोबजारी गर्नेलाई जेल सजायकाे व्यवस्था गर्न आवश्यक छ -उद्योगमन्त्री रिजाल

कालोबजारी गर्नेलाई जेल सजायकाे व्यवस्था गर्न आवश्यक छ -उद्योगमन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कालोबजारी गर्नेहरुलाई जेल सजायको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उद्योगमन्त्री रिजालले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर फुत्कने गरेको भन्दै ठगीका घटना न्यूनीकरण गर्न जेल सजायको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् । 

‘५० हजारदेखि तीन लाखसम्मको जरिबाना छ । समातिएका ठूला कालोबजारीहरु तीन लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी गम्भीर हुनुपर्छ । कसुर हेरी दुईदेखि १० लाख रुपैयाँ जरिबाना गर्नुपर्छ’ उनले भने, ‘कालोबजारीहरुलाई हामीले केही गर्न सकेनौँ यसपालि । गयो समात्यो, १० हजार २० हजार फाइन गर्यो । ठूलालाई तीन लाख गर्ने हो तर उठाउने ऐन छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन । जेलको सजाय राखिएन भने ठूलाठूला ठगी गरेर फुत्कने काम बढी हुन्छ ।’

उद्योगमन्त्री रिजालले जरिवाना शुल्क बढाउन आवश्यक रहेको धारणा राखे ।

Logo