‘जलवायु न्याय’ का लागि महासचिव गुटेरेसको भ्रमण फलदायी हुन्छः पूर्वराजदूत भट्टराई

‘जलवायु न्याय’ का लागि महासचिव गुटेरेसको भ्रमण फलदायी हुन्छः पूर्वराजदूत भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वराजदूत एवं कुटनीतिज्ञ डाक्टर दिनेश भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरेको जलवायु प्रभावित क्षेत्रको भ्रमण नेपालका लागि सुखद भएको बताएका छन्। 

उनले नेपालले असमान रुपमा विश्वले जलवायु परिवर्तनमा गरेको गल्तीको नकारात्मक असर भोगिरहेको भन्दै त्यसका लागि विश्व समुदाय माझ गुटेरेसको भ्रमणले राम्रो सन्देश जाने र नेपाललाई ‘जलवायु न्याय’ दिलाउन सहयोगी बन्ने तर्क गरेका हुन्।

संयुक्त अरब इमिरेट्समा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २८ मा नेपालले जलवायु परिवर्तनको कारण भोगेको असर त्यसकोप्रभावबारे जलवायु न्यायका लागि नेपाललाई मद्दत पुग्ने भट्टराईको भनाई छ।
 
उनले भने,‘जुन कोप २८ हुँदैछ। त्यसमा नेपालले जलवायु न्यायको लागि दाबी गर्दैछ। त्यसमा महासचिव गुटरेसले नेपालले भोगेको जलवायु असर सत्य हो र नेपालले न्याय पाउनुपर्छ भनिदिँदा सबैलाई सन्देश जाने भयो। जलवायु न्यायको बारेमा नेपालले हक माग्दा त्यसमा विश्का सबै राष्ट्र संवेदनशील होलान्र उनीहरुको नेपालप्रति ध्यानाकर्षण होला। महासचिवको भ्रमण र प्रत्यक्ष अवलोकनले नेपाललाई न्याय दिलाउन हाइलाइट गर्छ। नेपालको लागि यो राम्रो हो।’

Logo