ओमानको लगातार दोस्रो जित, सिंगापुर बाहिरियो

ओमानको लगातार दोस्रो जित, सिंगापुर बाहिरियो

केन्द्रबिन्दु
0
Shares

ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा ओमानले सिंगापुरमाथि २२ रनको जित दर्ता गरेको हो । 

टियु क्रिकेट मैदानमा ओमानले जितका लागि दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रनमा रोकिएको हो । सिंगापुरका लागि सुरेन्द्रण चन्द्रमोहनले सर्वाधिक ४१ रन जोडे । त्यस्तै, अनि पारामले २६ रन जोड्दा मनप्रित सिंह ३१ रनमा आउट भए ।

बलिङमा फायन बट र बिलाल खानले समान २/२ विकेट लिँदा सकिल अहमद, जिसन मक्सुद, अकिव इलियास र मोहम्मद नादिमले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । ओमानका लागि अकिब इलियासले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै, प्रतीक अथवले ४२ रन, कप्तान जिसन मक्सुदले २६ रन जोडे । 

बलिङमा सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान २/२ विकेट लिए ।  

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो । तर, सिंगापुरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सिंगापुर नेपालसँग ८ विकेटले हारेको थियो ।

Logo