त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपकुलपति डाक्टर बास्कोटाले चारवर्षे कार्यकाल पुरा गरेर घर फर्किँदै गर्दा आफूले ‘१५ सूत्रीय त्रिवि सुधार योजना’ अघि सारी योजनाबद्ध तरिकाले कार्य सम्पादन गरेको दाबी गरेका छन् । उनले आफ्नो कार्यकालमा प्रशासनिक सुशासन, शैक्षिक सुशासनमा जोड दिएको बताएका छन् ।
त्यस्तै उनले आफ्नो चारवर्षे कार्यकालमा विद्यार्थी वर्गलाई कलेजमा खेलकुदको व्यवस्था गरिएको, उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भएको परीक्षा प्रणालीमा सुधार तथा विकेन्द्रीकरण गरिएको र निश्चित शैक्षिक पात्रोको व्यवस्था र त्यसको पालना गरिएको र अनुसन्धानलाई प्राथमिकता दिएको जिकिर गरेका छन् ।
उनले शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट छनोट गरि अधिकार सम्पन्न बनाउनु पर्ने, विश्वविद्यालयलाई द्रुततर सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्नेलगायतका विभिन्न सुझावहरु दिएका छन् ।
२०७६ साल कार्तिक १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटालाई उपकुलपति पदमा नियुक्त गरेका थिए । उनी उपकुलपति नियुक्त भएको भोलि बिहिबार चारवर्ष पूरा हुँदैछ ।
उपकुलपति प्रा.डा. बास्कोटाको चारवर्षे कार्यकालको प्रगति विवरण-





























प्रतिक्रिया