सुनको भाउले राख्यो नयाँ रेकर्ड, पुग्यो एक लाख नजिक

सुनको भाउले राख्यो नयाँ रेकर्ड, पुग्यो एक लाख नजिक

केन्द्रबिन्दु
0
Shares

सुन चाँदीको भाउ आज बुधबार फेरि बढेको छ ।

छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार एक सय पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ तोकेको छ ।

मंगलबार प्रतितोला सुनको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९४५ रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।

Skip This
Skip This
Logo