लघुवित्त क्षेत्रकै ठूलो आईपीओको बिक्री खुला, २ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने

लघुवित्त क्षेत्रकै ठूलो आईपीओको बिक्री खुला, २ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आइपिओ बजारमा आएको छ । एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको हो ।

लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ७४ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ भने २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ ।

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरिएको आईपीओमा १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।  लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले सेयर निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

Skip This
Skip This
Logo