ओमानविरुद्ध नेपाललाई पहिलो सफलता

ओमानविरुद्ध नेपाललाई पहिलो सफलता

केन्द्रबिन्दु
0
Shares

ओमानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । पहिलो सफलता लने क्रममा करण केसीले कश्यप पजापतीको विकेट लिएका हुन् । कश्यपले नेपालविरुद्ध ८ रन बनाएर पभेलिएन फर्किएका हुन् । टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपाल फाइनलमा स्थान बनाउँदै इतिहासमा दोस्रोपटक टी–२० विश्वकप खेल्ने लक्ष्यका साथ आज मैदान उत्रने छ । शुक्रबार हुने निर्णायक सेमिफाइनलमा नेपालले जीत हासिल गरेको खण्डमा नेपालले अमेरिका र वेस्ट इन्डिजमा अर्को वर्ष हुने विश्वकपको टिकट काट्नेछ । 

Logo