नेकपा एमाले उपमहासचिव बिष्णु पौडेलले फागुन एक गते विदा दिने निर्णय संसदबाट पास गर्न चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा उपमहासचिव पौडेलले कुनैपनि हालतमा फागुन १ गतेलाई सरकारले दिवसको रुपमा मनाउने कुरा स्वीकार्य नहुने जिकिर गरे । उनले भने ‘यदि यो सरकारलाई फागुन एक गते यो दिवस मनाउँन ठिक हो भन्ने लाग्छ भने म चुनौतीका साथ भन्न चहान्छु सरकारले फागुन १ गते युद्ध दिवस मनाउँनु पर्छ प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस? त्यो आँट छ सरकारसँग, सरकार यो गलत निर्णयको बाटोबाट पछाडि हट्नुपर्छ यदि हट्न चाहदैँन् भने सदनमा ल्याएर सदन अनुसार चलोस् ।’
त्यस्तै उपमहासचिव पौडेलले हिंसाको सुरु भएको दिनलाई उत्वसको रुपमा मनाउनु हास्यास्पद भएको तर्क गरे । ‘फागुन १ गतेलाई जसरी सरकारले दिवस मनाउँने घोषणा गरेको छ । म आग्रह गर्न चहान्छु, यो निर्णय कुनैपनि दृष्टिकोणले फागुन १ गते उत्सवको दिन हुन सक्दैँन्, त्यो दिन कुनै जशन मनाउँने दिन हुन सक्दैँन् ।’ उनले भने ‘ त्यो दिन नेपालमा हिंसा आरम्भ भएको दिन थियो र त्यो हिंसाको बाटो गलत हो भन्ने स्विकार गरेर, फागुन १ गते हिंसाको बाटो सुरु गर्ने साथिहरु त्यो यात्रा गलत थियो भनेर शान्ति प्रक्रियामा आएको हो र त्यो स्विकारको साथमा यो सदनमा उहाँहरुको उपस्थिति छ ।’
त्यस्तै सरकारले सांसद उठाएका सवाललाई वेवास्ता गरेको उपमहासचिव पौडेलको भनाई छ । ‘सांसदहरुले निरन्तर भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रभावकारी सेवा प्रवाह, विकास निमार्ण, महङ्गी, शान्ति सुरक्षा, राष्ट्रियहितका पक्ष लगायत अनेक जनसरोकारका प्रश्नमा निरन्तर निरन्तर आवाज उठे तर सरकारले सांसदहरुले सदनमा जिम्मेवारपूर्वक उठाएरका प्रश्नहरुलाई सुन्ने, सम्बोधन गर्ने र ती आवाजमा रहेका सच्चाईलाई ग्रहण गर्ने तर्फ कुनै कदम चालेन ।’ उनले भने ।





























प्रतिक्रिया