लेखापढी व्यवसायीले पास बनाइदिन्छु भनेपछि….

लेखापढी व्यवसायीले पास बनाइदिन्छु भनेपछि….

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । सरकारले पछिल्लो समय जिल्लाभित्र लकडाउन खुकुलो गरेपनि अन्तरजिल्ला आवतजावतका लागि भने सवारी पास अनिवार्य गरेको छ ।

त्यसो त सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालयमा दिनहुँ भिड लाग्ने गरेको छ । यसैको फाइदा उठाउँदै लेखापढी व्यवसायीले पास बनाइदिने प्रलोभन देखाई रकम असुल्ने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै ३ हजार रुपैयाँ घुस लिने लेखापढी व्यवसायी खेमराज सापकोटा पक्राउ परेपछि यस्तो खुलासा भएको हो । सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

Logo