नबिल बैंकले तीन महिनामा डेढ अर्ब नाफा कमायाे

नबिल बैंकले तीन महिनामा डेढ अर्ब नाफा कमायाे

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले तीन महिनामा डेढ अर्ब नाफा कमाएको छ। शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

पहिलो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनामा भने ६.५१ प्रतिशतले कमी हो। गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५७ करोड १५ लाख बढी खुद नाफा कमाएको थियो।

तर, बैंकको खुद ब्याज आम्दानी भने दोहोरो अंकले वृद्धि भएको छ। समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ३९ लाख ४६ हजार रुपैयाँ कायम भएको छ।

बैंकको खराब कर्जा पनि १.३६ प्रतिशतले वृद्धि भई ३.६९ प्रतिशत पुगेको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ २९ पैसाले घटेर २१ रुपैयाँ ७२ पैसा कायम भएको छ।

यता, प्रतिसेयर नेटवर्थ भने १५ रुपैयाँ ०१ पैसाले घटेर २१८ रुपैयाँ २७ पैसा कायम भएको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने ३२ अर्ब २ लाख रुपैयाँ राखेको छ।

यस्तै, बैंकको संचलान नाफा भने ४.६८ प्रतिशतको गिरावट देखिएको छ। बैंकको यस्तो नाफा २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ कायम भएको छ। यता, वितरणयोग्य नाफा पनि ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ कायम भएको छ। समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ४.५४ प्रतिशतले बढेर ४ खर्ब १४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

Skip This
Skip This
Logo