सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ। विगत १५ वर्षदेखि ब्रदरका प्रडक्टको आधिकारिक वितरक रहेको सागर ग्रुपले कंलकीमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देशक अमित अलि र उपमहाप्रबन्धक रिसा हमातसुकीले संयुक्त रुपमा ब्रदर एक्सपेरियेन्स सेन्टरको उद्घाटन गरेका हुन्।
योसँगै अब ग्राहकले ब्रदरका उत्पादनहरू सुरूमा आफैं अनुभव गरेर पनि खरिद गर्न सकिने छ। यसले ग्राहकमाझ थप विश्वास सिर्जना गर्ने सागर ग्रुपको विश्वास रहेको छ।
ब्रदर एक्सपेरियेन्स सेन्टरमा ब्रदर इन्कजेट प्रिन्टिंग टेक्नोलोजी, ब्रदर लेजर टेक्नोलोजी, ब्रदर सिवींग मेसिन, ब्रदर डक्युमेन्ट स्कानर सोलुसन, ब्रदर लेबल प्रिन्टिंग इनोभेसन जस्ता मेसिनहरुको प्रदर्शनी राखिएको छ। उक्त सेन्टरमा गएर निःशुल्क ब्रदरका प्राेडक्ट अनुभव गर्न सकिनेछ।





























प्रतिक्रिया