मेरो तर्फबाट तिहारको उपहार ‘वाह, वाह, वाह’ -नायिका रेखा थापा

मेरो तर्फबाट तिहारको उपहार ‘वाह, वाह, वाह’ -नायिका रेखा थापा

केन्द्रबिन्दु
0
Shares

नायिका रेखा थापाले तिहारमा आम दर्शकलाई ‘वाह वाह वाह’ बोलको गीत उपहार स्वरुप पस्किएको बताएकी छन् । 

उपहार चलचित्रको गीत वाह, वाह, वाह सार्वजनिकपछि कुरा गर्दै उनले तिहारको उपहार स्वरुप आफ्ना दर्शकलाई सुम्पिएको बताइन् । समग्रमा गीत राम्रो बनेको भन्दै उनले, नेपालीहरुको सांगीतिक पर्व तिहारमा नाच्न र रमाईलो गर्न यो गीत सहयोगि हुने विश्वास व्यक्त गरिन् । 

‘हामीले अत्यन्तै राम्रो गीत संगीत बनाएको छौं । त्यसैले यो गीत तिहारलाई उपहार स्वरुप छोडौं भन्ने निर्णय गरेर नै हामीले छोडेको हो । यो गीतसंगै सम्पूर्ण दिदी बहिनी दाजु भाईले एकदमै रमाईलो गरेर सेलिब्रेसन गर्नुहुन्छ भनेर हाम्रो तर्फबाट तिहारको उपहारस्वरुप गीत सार्वजनिक गरेका हौँ ।’

उनले समग्रमा चलचित्र एकदमै राम्रो बनेको जिकिर गरिन् । सामाजिक कथाबस्तु र प्रेम तथा मनोरञ्जनको समिश्रण रहेको चलचित्र हेरेर निस्किदाँ दर्शक सन्तुष्ट हुने उनको दाबी छ । 

‘जनताले लामो समयको अन्तरालपछि धेरै मिठो, सान्दर्भिक एउटा सामाजिक कथावस्तु र प्रेम कथामा आधारित र मनोरञ्जन सबै कुराको प्याकेज रहेको चलचित्र रहेको छ । दर्शकहरुलाई यो चलचित्रबाट यस्तो उपहार दिन खाज्दै छु कि २ घण्टा २० मिनेटको चलचित्र हेरर निस्कँदा आनन्द महशुस हुनुपर्यो र उर्जा दिने विषवस्तु पनि हुनुपर्यो उर्जा धेरै दिन्छ ।’ उनले भनिन् । 

Logo