भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन्।

भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुममा भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल गर्न बैठक बोलाइएको हो। आज सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण प्रधानमन्त्रीले भोलि बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले भूकम्पका कारण जाजरकोट र पश्चिम रूकममा पुगेर क्षतिको विवरण संकलन गरिसकेका छन्। आज उद्धार र उपचारमा नै ध्यान केन्द्रित गर्ने र भोलि मन्त्रिपरिषद् बैठक बोलाएर अरू आवश्यक निर्णय गर्ने तयारी प्रधानमन्त्रीले गरेको उनको सचिवालयले जनाएको छ।

Logo