एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख सहयोगको घोषणा गरेको छ ।
देशभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम घोषणा गरेको हो ।
२०८० कार्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको बैंकद्वारा विज्ञपतिमा जनाइएको छ ।
विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा एनआईसी बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।





























प्रतिक्रिया