भूकम्प पीडितको उद्धारकाे लागि एनसेलद्वारा कर्णाली सरकारलाई ५० लाख सहयोग

भूकम्प पीडितको उद्धारकाे लागि एनसेलद्वारा कर्णाली सरकारलाई ५० लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग गर्ने भएको छ । 

एनसेलले जाजरकाेट र रुकुम पश्चिम भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख रुपैयाँ ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराएको छ । यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने छ ।
 

Skip This
Skip This
Logo