भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु

भिरबाट लडेर बैतडीमा महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

आइतबार बिहान खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्।उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए।

Skip This
Skip This
Logo