भूकम्पबाट भएको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त

भूकम्पबाट भएको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गरेका छन्। 

“यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ,नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पाकिस्तान तयार छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उल्लेख गरेर पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखेका हुन्। 

यसैगरी, सिनेटका अध्यक्ष मोहम्मद सिद्धत सञ्जरानीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

Logo