अन्तिम समयमा लिभरपुलको बराबरी गोल

अन्तिम समयमा लिभरपुलको बराबरी गोल

केन्द्रबिन्दु
0
Shares

अन्तिम समयमा लिभरपुलले बराबरी गोल गरेपछि लुटन टाउन इंग्लिस प्रिमियर लिगमा ऐतिहासिक जित निकाल्न बाट बञ्चित भएको छ।

यसै सिजन पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लुटनले ताहिठ चोङ मार्फत गरेको गोलबाट अग्रता बनाएको थियो। तर लिभरपुलका लुईस डियाजले अन्तिम समयमा गोल गर्दै खेलमा बराबरी गरेका थिए।

१३ औँ मिनेटमा डार्विन नुनेजले ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्डको पासमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो। ३३औँ रायन ग्राभेनबर्चको पासमा डिएगो जोटाले गरेको प्रहार लुटन गोलरक्षक कमिन्स्कीले बचाए।

६५ औँ मिनेटमा का मोरिसको प्रहार लिभरपुल गोलरक्षक एलिसनले बचाए। ७०औँ मिनेटमा मोहम्मद सालाहको हेडर प्रहार नुनेजको खुट्टामा परेको थियो तर उनको प्रहार पोस्ट माथि बाट बाहिरियो। ७२औँ मिनेटमा सालाहको पासमा नुनेजको अर्को प्रहार कमिन्स्कीले पुनः बचाए।

७९ औँ मिनेटमा ग्राभेनबर्चको अर्को प्रहारमा कमिन्स्की बाधक बने। ८० औँ मिनेटमा लुटनले खेलमा अग्रता लियो। काउन्टर अट्याकमा राइट-ब्याक काबोरेको पासमा टाहिठ चोङले गोल गर्दै लुटनलाई ऐतिहासिक जितको नजिक लगेका थिए।

तर खेलको इन्जुरी समयको पाँचौं मिनेटमा लिभरपुलले बराबरी गोल गर्यो। हार्भि एलियटको क्रसमा डियाज हेडर मार्फत गोल गर्दै खेलमा बराबरी गरेका थिए। आफ्नो पिताको अपहरण पछि डियाज पहिलो पटक मैदानमा उत्रिएका थिए। गोल उनले पितालाई समर्पण गरेका थिए।

जित पछि ११ खेलमा ७ जित, ३ बराबरी र १ हार सहित लिभरपुल २४ अंक जोड्दै तेस्रो स्थानमा छ। ११ खेलमा १ खेलमा जित, ३ बराबरी र ७ हारसहिर लुटन ६ अंक लिएर १७औं स्थानमा छ।

Logo