मनोहरा कृषि शित भण्डार प्रा.लिले नेपालमा कृषि सशक्तिकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी लगानीकर्ताहरुको भेला सम्पन्न गरेको छ। करिब १५० जनाको उपस्थितिमा साे अन्तरकृया सम्पन्न भएकाे हाे।
उक्त कार्यक्रममा कम्पनीको जानकारी, योजना सहित कृषिको अपरिहार्यता, जलवायु परिवर्तनका कारणहरु, जनसंख्याको वृद्धि तथा कृषि उपज उत्पादनको तलमेल, माटोको संरक्षणसंगै उत्पादनमा वृद्धि साथै शित भण्डारको विकासले फसल पछिको नोसानीलाई कसरी कम गर्न सहयोग गर्दछ भन्ने कुरामा कम्पनीका अध्यक्ष विशाल हुमागाँईले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मुक्तिनाथ विकास बैकका अध्यक्ष तथा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रमा सबै मिलेर निजि क्षेत्र, सरकारी क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए।
नेपाल र नेपालीको समृद्धिको आधार कृषि पेशा रहेको र कृषि उपजहरुलाई निर्यात गर्न सकेमा मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै त्यसतर्फ अग्रसर भएकोमा शित भण्डारको प्रसंसा गर्दै प्रगतिको कामनासमेत गरेका हुन्।
त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि कम्पनीको रणनीतिक साझेदाय समेत रहेको मुक्तिनाथ क्यापिटल लिका अध्यक्ष सिताराम काफ्लेले कृषि कार्यमा योजना, बजारीकरण, औजार लगायत सबै कुराको व्यवस्थापनबाट उपज वृद्धि हुने त्यसैले कृषि गर्न भन्दा पनि आधुनिक प्रणालीको राम्रो ज्ञान लिएर यो पेशामा लाग्न सुझाव दिए।
कम्पनीका अध्यक्ष विशाल हुमगाईंले कार्यपत्र प्रस्तुत गर्दै कम्पनी स्थापनाकाे लक्ष्य तथा भावी योजना एवं रणनितिका विषय प्रस्ट पारे। समाजले किसान र कृषिलाई दण्डित पेशाका रुपमा चित्रण गर्ने गरेको त्यो सोचको अन्त्य गर्नुपर्नेमा जोड दिएकाे कम्पनीले कृषिमा लगानी अबको प्राथमिकता भन्दै पहिलो चरणमा १० लाख क्षमताको शित भण्डार स्थापना गर्न पहल सुरु गरेको बताए।
उक्त कम्पनीको रणनीतिक साझेदार मुक्तिनाथ क्यापिटल लि., सामाजिक उत्तरदायित्व पहल बजारीकरण साझेदार मनोहरा कृषि बजार प्रा.लि, प्रविधि साझेदार र मिडिया साझेदार सफल आवाज रहेका छन्।





























प्रतिक्रिया