आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग स्वरुप १० लाख रुपैयाँ सहयोग गरेको छ।
आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम उपलब्ध गराइएको जनाएको हाे।
इन्स्योरेन्स कम्पनीले यहि कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट,रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत पुगोस् भन्ने उद्देश्य राखेको छ।
पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक सहयोग गर्ने कम्पनीको भनाई रहेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जानकारी दिए।































प्रतिक्रिया