इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल र मेडिकल बन्द

इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल र मेडिकल बन्द

केन्द्रबिन्दु
0
Shares

गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन्। निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन्। 

प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार  गाजाका ६० प्रतिशत भन्दा बढी मेडिकल सुविधाहरू सेवा बाहिर छन्। प्यालेस्टिनी प्राधिकरणका स्वास्थ्य मन्त्री माई अल काइलाका अनुसार गाजाका ६० भन्दा बढी अस्पताल र चिकित्सा केन्द्रहरू अब सेवा बाहिर रहेको जनाएका हुन्।

इन्धन र चिकित्सा आपूर्तिको अभावका साथै इजरायली बमबारीका कारण ३५ अस्पतालमध्ये १६ र ७२ मेडिकल सेन्टरमध्ये ५१ वटा सञ्चालनमा नआएको अल काइलाले बताए।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले १४ हजार विस्थापित मानिसहरूलाई आश्रय दिने अल कुड्स अस्पतालमा इन्धन अभावको असरको बारेमा चेतावनी दिँदै गाजामा सहायता र आपूर्तिहरू उपलब्ध गराउन अन्तर्राष्ट्रिय स्वास्थ्य र राहत संस्थाहरूलाई तत्काल अपील गरेको छ।

'अस्पतालको इन्धन भण्डार ४८ घण्टा भित्र सकिँदैछ र जीवन बचाउने उपकरण, नवजात शिशु इन्क्युबेटर र सघन हेरचाह एकाइहरू काम गर्न बन्द हुनेछन्,'  क्रिसेन्टले सोमबार एक विज्ञप्तिमा भनिसकेको छ।
 

Skip This
Skip This
Logo