प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो। काँग्रेसले भूकम्प पछिको उद्धार, राहत, पुनर्स्थापन र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ।

काँग्रेसले भूकम्प पछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ। सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनर्स्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजीकरण गर्नुपर्ने रहेको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरूको अनुसरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए। 

उनले भने, ‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतहरूलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ। उहाँहरूले राहतका लागि आफूहरू सुरुवात गरेको बताए। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरू आउने क्रम जारी छ।’ 

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए। 

Skip This
Skip This
Logo