फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति सारिएको हो । 

मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए । 

यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो । जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो । 

Skip This
Skip This
Logo