नेकपा एसका अध्यक्ष नेपाल नेतृत्वको टोली चीन प्रस्थान

नेकपा एसका अध्यक्ष नेपाल नेतृत्वको टोली चीन प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा दक्षिण एसिया र दक्षिण पूर्व एसियाका पार्टीहरु संलग्न भएको एउटा कार्यक्रममा सहभागी हुने नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको हो । 

चीन प्रस्थान गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताएका छन् । उनले चिनिया नेताहरुसँग दुईपक्षिय सम्बन्धलाई बलियो बनाउने र दुई देशबीचको सम्बन्धलाई पनि बलियो बनाउने विषयमा छलफल हुने बताए । 

उनले भने, ‘चिनियाँ नेताहरुसँग पनि दुईपक्षिय सम्बन्धलाई कसरी बलियो बनाउँने भन्ने विषयमा पनि कुराकानीहरु हुनेछ । दुई देशबीचको सम्बन्धलाई पनि कसरी बलियो बनाउँने भन्ने विषयमा पनि छलफल हुनेछ । अरु पार्टीसँग पनि हाम्रो अन्तरक्रियाहरु पनि गरिने छ ।’ 

यस्तै, उनले सर्वदलिय बैठकमा व्यवस्थालाई बलियो बनाउन बारेमा १२ बुँदे सहमति गरेका पार्टीहरु एकै स्थानमा उभिनुपर्ने भन्दै जनताको अवस्थामा पनि परिवर्तन गर्ने कार्यमा मिल्नुपर्छ भन्ने विचार व्यक्त गरेको पनि जानकारी दिए ।

Logo