एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा बैठक जारी रहेको छ । बैठकमा आसन्न मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको छ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्ने छ । अभियानका क्रममा सभा, भेटघाट र अन्तर्क्रिया हुनेछन् । यस्तै, बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको  छ।

सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,रामबहादुर थापा बादल,बिष्णु पौडेल, सुरेन्द्र पान्डे,महासचिव शंकर पोखरेल ,उपमहासचीबहरु प्रदिप ज्ञवाली सचिवद्वय पृथ्वी सुब्बा गुरुङ,बिष्णु रिमाल ,लेख राज भट्ट ,गोकर्ण बिष्ट ,योगेश भट्टराई, छबिलाल बिश्वकर्मा ,रघुबिर महासेठ,पद्ममा अर्याल लगायत को उपस्थिति रहेको छ ।

Logo