गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्पपीडितको पुनःस्थापनाका लागि सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए।
डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको विशेषगरी कोरोना महामारी र २०७२ को महाभूकम्पपछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।
यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत,खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको बताए।





























प्रतिक्रिया