आनसिंह बोहोराले जिते डिशहोमको एक लाख

आनसिंह बोहोराले जिते डिशहोमको एक लाख

केन्द्रबिन्दु
0
Shares

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाअन्तर्गत आनसिंह बोहोराले नगद एक लाख जितेका छन् । सोमवार भएको लक्की ड्रमार्फत उनले नगद रु एक लाख जितेका हुन् ।  

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैं जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्, जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

Logo