राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ।
शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो।मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ।
मङ्सिर मसान्तसम्म फाराम भर्दा ३ सय रुपैयाँ राजश्व बुझाउनुपर्नेछ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।





























प्रतिक्रिया