चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिने रकम करिब ८३ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार साउन, भदौ र असोज महिनामा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अध्ययन शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो ।
नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता झाँगिदै गएको, आर्थिक विकासका लागि राज्यस्तरबाट प्रभावकारी काम हुन नसकेको, रोजगारीको नयाँ अवसर सिर्जना नभएको लगायत कारण अध्ययनका नाममा नेपालबाट बाहिरिने युवाको संख्या दिनानुदिन बढ्दो छ । तर, विदेशिने जनशक्तिलाई नेपालमै रोक्न र विदेशिएकालाई स्वदेश फर्काउन सरकारसँग कुनै कार्यक्रम छैन ।
गत आर्थिक वर्षमा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । यो पनि वार्षिक रूपमा हालसम्मकै बढी हो ।































प्रतिक्रिया