अनलाइनबाट मुद्दा दर्ता गर्ने प्रणाली चाँडै लागू हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

अनलाइनबाट मुद्दा दर्ता गर्ने प्रणाली चाँडै लागू हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले चाँडै अनलाइन मार्फत मुद्दा दर्ता गर्ने प्रणाली व्यवस्था गर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अनलाइनमार्फत मुद्दा दर्ता गर्न सकियो भयो भने कानून व्यवसायी, अदालत र कर्मचारीलाई पनि सहयोग भई राम्रै गति दिने विश्वास लिएको बताएका हुन‍् ।

उनले भने, ‘अनलाइन मार्फत मुद्दा दर्ता गर्ने प्रणालीबारे अध्ययन गर्दैछौं । अब करिब करिब टुङिगन लागेको छ । यी कुराहरु हामो आन्तरिक स्रोतले मात्र भ्याउँदो रहेनछ । थप बाह्य स्रोत आवश्यक पर्ने रहेछ । अनलाइन मार्फत मुद्दा दर्ता गर्न सकियो भयो भने कानून व्यवसायी मात्र होइन अदालत र कर्मचारीलाई पनि सहयोग हुनेछ ।’

प्रधानन्यायाधीश श्रेष्ठले छोटो समयमा आफूले न्यायाधीश नियुक्त गरेर न्यायप्रतिको आस्था बढाउने काम गरेको बताए ।

Logo