इजरायलद्वारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

इजरायलद्वारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

केन्द्रबिन्दु
0
Shares

इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ। सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन्। 

एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ।

गाजाका उपस्वास्थ्य मन्त्री युसेफ अबु अल(रिशले एएफपीलाई भने,‘अधिग्रहणकर्ता इजरायलले अल सिफा अस्पतालको हृदय रोग विभागलाई पूर्ण रूपमा ध्वस्त पारेको छ।’

उनका अनुसार सो विभागको दुई तले भवन हवाई हमलामा पूर्ण रूपमा ध्वस्त भएको छ।प्रत्यक्षदर्शीहरूले आक्रमणको पुष्टि गरेका छन्,जसलाई एएफपीले स्वतन्त्र रूपमा प्रमाणित गर्न नसके जनाएको छ।

Skip This
Skip This
Logo