नेसपाद्वारा भूकम्प प्रभावितका लागि १० लाख सहयोग

नेसपाद्वारा भूकम्प प्रभावितका लागि १० लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टी(नेसपा)ले भूकम्प पीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटार पुगेर १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन्।

सो क्रममा भट्टराईले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अङ्ग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह गरेका थिए।

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो। सयौँ घर भत्किएका छन् भने स्थानीयहरू चिसो आकाशमुनी बारीमा बस्न बाध्य छन्।

Logo