‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण पक्षपातपूर्ण’ -राजेन्द्र पाण्डे

‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण पक्षपातपूर्ण’ -राजेन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले भूकम्प प्रभावित क्षेत्रमा पक्षपातपूर्ण राहत वितरण भएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । एकद्वार नीतिबाट राहत वितरण गर्ने भन्ने कोसिस गर्दा केही ठाउँमा पक्षपातपूर्ण राहत वितरण भएको कुरा आएको भन्दै उनले त्यस्ता अव्यवस्था र गलत प्रवृतिविरुद्ध कडासँग उभिने बताए । 

उनले भने, ‘केही ठाउँमा पक्षपातपूर्ण राहत वितरण भएको, खासै वितरण गर्न नपर्ने ठाउँमा पनि राहत गएको र गर्नुपर्ने ठाउँमा नगएको, केही नेताहरुले बढी नोक्सान भएको ठाउँमा जान लागेको राहत आफ्नो जिल्लातिर लागेको आदि कुरा सुनिएको छ । हाम्रो पार्टी सरकारमा छ । त्यसकारण यस्ता खालका अव्यवस्था र गलत प्रवृतिविरुद्ध कडासँग उभिन्छौं ।’

नेता पाण्डेले पार्टीले प्रधानमन्त्रीलाई भेटेर पक्षपातपूर्ण क्रियाकलाप नगर्न र तुरुन्त सच्याउन सुझाव दिएको बताए । 

Logo