भारतको जम्मू-कश्मीर मार्गमा बस दुर्घटना, ३६ यात्रुको मृत्यु

भारतको जम्मू-कश्मीर मार्गमा बस दुर्घटना, ३६ यात्रुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको जम्मू-कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा यात्रुबाहक बस  दुर्घटना भएकाे  छ। यात्रुबाहक बस आज तीनसय फिट गहिरो खोंचमा खस्दा दुर्घटना हुन पुगेकाे  हाे । 

यो दुर्घटना परि  ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यी मध्ये छ जनाको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले  जनाएको छ। यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गइरहेको थियो।

प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोगमा उद्धार र उपचारको काम गरेका थिए। सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उद्धार गरिएको थियो। 

घाइतेहरुलाई स्थानीय किश्तवाड जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ। गम्भीर घाइतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ। बसमा ५५ जना यात्री सवार  रहेका थिए।  

प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग दिने घोषणा गरिसकेका छन्।  

Logo