सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ।
सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ। जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ।
रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ।सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ।
यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन्। रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७.५० करोड कमाएको थियो। अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ।
सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ। सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो। योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ। टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन्।
फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन्। यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ।





























प्रतिक्रिया