ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख बढी रकम बरामद गर्‍याे

ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख बढी रकम बरामद गर्‍याे

केन्द्रबिन्दु
0
Shares

ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ। ललितपुर प्रहरीले गरेको विशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो। 

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन्।उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो। यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन्।

Logo