काठमाडौँ उपत्यकामा वितेको २० दिनमा २६६ वटा दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका छन्। ३३० जना घाइते भएका छन्।ललितपुरमा ४, काठमाडौँमा २ र भक्तपुरमा एक जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो।
७४ वटा सवारी साधन आफैं दुर्घटनामा परेका हुन भने १९२ वटा दुर्घटना अन्यसँग ठोक्किएको प्रहरीले जनाएको छ। काठमाडौँमा आफैं दुर्घटनामा पर्ने गाडीको संख्या ३९ छ भने ९४ वटा अरुसँग ठोक्किएर भएको छ।
ललितपुरमा १९ वटा आफैं दुर्घटना र ३० वटा अरुसँग ठोक्किएर दुर्घटना भएको छ। भक्तपुरमा १६ वटा आफैं दुर्घटना भएको छ र ६८ वटा अरुसँग ठोक्किएर भएको छ। यी सबै घटनामा गरी १०८ जना पक्राउ परेका उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।





























प्रतिक्रिया