धनगढीमा भिषण आगलागी, एक मेडिकलसहित ८ पसलमा क्षति

धनगढीमा भिषण आगलागी, एक मेडिकलसहित ८ पसलमा क्षति

केन्द्रबिन्दु
0
Shares

कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ। आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि सुरु भएको सो आगलागी अहिले पूर्णरुपमा निभाइएको छ,जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए। 

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ।

Skip This
Skip This
Logo