नेपालले चार देश सम्मीलित महिला टि-२० आई सिरिजमा तेस्रो स्थानको लागि जापानसँग खेल्दैछ। खेल बिहान ७: १५ मा सुरु हुनेछ। नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो।
अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो। त्यही जापानसँग आज खेल्दैछ। नेपालले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको जापान ४६ रनमा अल आउट भएको थियो। जापानलाई सस्तैमा अल आउट गर्न स्पिनर संगिता राईले ५ विकेट लिएकी थिईन्।
नेपालले ब्याटिङमा खराब प्रदर्शन गर्दै आएको छ। अन्तिम खेलमा आज राम्रो ब्याटिङ गर्ने अवसर छ। कप्तान इन्दु बर्मा, सीता रानामगर र रुबिना बेलबासे प्रमुख ब्याटर हुन्। यी तीन ब्याटरको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ।





























प्रतिक्रिया