विश्वकप छनोटको समूह चरणको दोस्रो खेल खेल्न यमनी टोली नेपाल आइपुगेको छ ।
मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने नेपाल र यमनबीचको पहिलो लेग खेल्न यमनी टोली आज साँझ नेपाल ओर्लिएको हो । यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ ।
यसअघि यही खेलका लागि युएई पुगेको नेपाली टोली ४-० ले पराजित भएको थियो ।
नेपाल र यमनबीचको खेलका लागि टिकटको मूल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।





























प्रतिक्रिया