‘सुदर्शन घिमिरे स्मृति यु-२१ हेटौंडा च्यालेन्ज कप २०८०’फुटबल प्रतियोगिता आजदेखि हेटौंडामा सुरु हुँदैछ। मंसिर १३ गतेसम्म हुने फुटबल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ।
स्थानीय पिप्लेक्याम्पा रंगशालामा हुने खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले गर्नेछन्।आजको उद्घाटन खेलमा नव जनजागृति युवा क्लबसिमरा र नागस्वती युवा क्लबले प्रतिस्पर्धा गर्दैछन्।
खेलमा प्रथम हुने टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त पाउने छन्। उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताबाट बचत भएको रकम जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग गरिने आयोजकले जनाएको छ।





























प्रतिक्रिया