फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे हुने उक्त खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । २३ सदस्यीय नेपाली टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण युएईविरुद्धको खेल गुमाएका उनीहरुले यस खेलमा भने कमब्याक गरेको एन्फाले जानकारी दिएको छ ।
नेपाली टोली-
गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालले अहिलेसम्म चारपटक यमनको सामना गरेको छ । तर, हालसम्म नेपालले जित दर्ता गर्न सकेको छैन । तीन खेलमा हार व्यहाेर्दा नेपालको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै बराबरी रहेको छ ।































प्रतिक्रिया